site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गरिने, थप ६८ करोड ३५ लाख बजेट उपलब्ध गराइने

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई १५६ नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको छ ।

गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनमा प्रहरी र सशस्त्रका ठूलो संख्यामा गाडी तोडफोड र आगजनी गरिएको थियो । सोही कारण अर्थले नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरेको हो । 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म)को प्रगति विवरणमा प्रहरी र सशस्त्रलाई उक्त संख्यामा नयाँ गाडी खरिद गर्न सहमति प्रदान गरिएको उल्लेख छ ।

प्रहरी र सशस्त्रलाई १५६ नयाँ गाडी खरिद गर्न थप ६८ करोड ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराइन पनि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको छ ।

“नेपाल प्रहरीका लागि १०० थान पिकअप र ६ थान प्रिजनर भेइकल खरिदका लागि ४५ करोड ३० लाख थप बजेट उपलब्ध गराउन स्रोत सहमति प्रदान गरिएको छ,” अर्थको प्रगति विवरणमा भनिएको छ ।

मन्त्रालयका अनुसार, सशस्त्र प्रहरीका निम्ति २० पिकअप, २० थान प्रदर्शन नियन्त्रण गाडी, दुई एम्बुलेन्स, तीन डिजास्टर रेस्क्यु म्यान र पाँच ट्रक खरिदका निम्ति २३ करोड पाँच लाख रुपैयाँ थप बजेट उपलब्ध गराउन सहमति प्रदान गरिएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्