कला
काठमाडौं । चलचित्र ‘हर्ष’को ट्रेलर सार्वजनिक भएको छ । ‘हर्ष’को ट्रेलरले सिनेमाको कथा सार बोल्ने प्रयास गरेको छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरले परिवारमा छोराको विवाहपछि आउने उतारचढाव देखाइएको छ । समाजले छोरालाई दिने महत्वलाई ट्रेलरमा समेटिएको छ ।
मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई एकता पौडेलले निर्देशन गरेकी छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, नीमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जनलगायको मुख्य भूमिका छ । चलचित्रको कथा निर्देशक पौडेल आफैँले लेखेकी छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ १४:०३
प्रतिक्रिया दिनुहोस्