कला
काठमाडौं । चलचित्र ‘धागो’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको हो ।
भारतको डुवर्समा छायांकन गरिएको चलचित्र आजबाट नेपाली भाषी रहेका भारतका केही क्षेत्र र नेपालमा एक साथ प्रदशर्नमा आएको हो ।
उदीप राणा थापाको निर्देशन रहेको चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको कथा भन्छ । भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थमा आधारित कथा रहेको निर्माणपक्षले जनाएको छ ।
चलचित्र ‘धागो’मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । पन्तसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनील थापालगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२ १०:५२
प्रतिक्रिया दिनुहोस्