site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार (कात्तिक ३०) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४२ हजार ८०० रुपैयाँ कायम छ । गएको शुक्रबार (कात्तिक २८) छापावाल सुन प्रतितोला दुई लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महाशाखाले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला तीन हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्