अर्थ व्यवसाय
काठमाडौं । लक्ष्मी सन्राइज बैंकले सेयरधनीलाई १०.५३ प्रतशित लाभांश दिने भएको छ ।
आइतबार (कात्तिक ३०) बसेको बैंक सञ्चालक समितिको बैठकबाट सेयरधनीलाई आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीका आधारमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका निम्ति ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो वार्षिक साधाणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्