site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर बजार ४.९८ अंकले घट्यो, आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

काठमाडौं । सेयर बजार बुधबार (मंसिर ३) ४.९८ अंकले घटेको छ । यससँगै बजार मापक विन्दु २५६१.०८ मा कायम छ । 

यसदिन ७७ कम्पनीको सेयर मूल्य बढेको छ । १७० कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनी स्थिर रहे । तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँबराबरकाे सेयर खरिद बिक्री भएको हो । 

बजार घटे पनि आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माबिलुङ इनर्जी, दरमखोला हाइड्रो, सागर डिस्ट्रिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केवलकार, झापा इनर्जीको सेयर १० प्रतिशत बढेका छन् । 

समूहगततर्फ होटेल एन्ड टुरिजम, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:२३
प्रतिक्रिया दिनुहोस्