site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से ३९.९२ अंकले बढेर २६ सय विन्दुमा, ६ अर्ब २८ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार (मंसिर ७) ३९.९२ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.५५ प्रतिशतले बढेर २६००.२२ विन्दुमा बन्द भएको हो ।

यस दिन काराबोर रकम पनि एक अर्ब ५९ करोड रुपैयाँले बढेको छ । ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको साताको अन्तिम दिन चार अर्ब ६८ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२३७ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । नेपाल पुनर्बिमा कम्पनी र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सागर डिस्टिलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ६५ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअफ फन्ड समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । जीवन बिमा समूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्