अर्थ व्यवसाय
काठमाडौं । इथियोपियामा भएको ज्वालामुखी विस्फोटका कारण नेपालबाट हुने दुई हवाई उडान रद्द गरिएको छ ।
नेपालबाट मंगलबार (मंसिर ९) बिहान १० र ११ बजे हुने तालिका रहेको कतार एयरवेजका दुई उडान उक्त ज्वालामुखीका कारण खरानी उड्दा रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
ती उडान मंगलबारै राति १२ बजेपछि मात्र हुने कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
“ज्वालामुखी विस्फोटका कारण खरानी उडेपछि कतार जाने दुई उडान रद्द भएको छ,” उनले बाह्रखरीसित भने, “उताबाट आउने पनि रद्द भएको छ । सबै उडान राति १२ बजेपछि सुचारु हुने कम्पनीले जानकारी दिएको छ ।”
कतारबाहेकका अरू उडान अवरुद्ध नभएको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्