site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो । 

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तीन हजार २२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्