site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इसेवाको ब्रान्ड प्रवर्द्धकको रूपमा रोहित कुमार पौडेलको निरन्तरता

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्रान्ड प्रवर्द्धकको रूपमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ ।

विगत दुई वर्षदेखि इसेवाको ब्रान्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो ।

पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र  रोहितकुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

ब्रान्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्