site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्रीन डेभलपमेन्ट बैंक र कालिञ्चोक दर्शनको लाभांश घोषणा, कसको कति ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडले गत आवको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । 

बैंकले हाल कायम चुक्ता पुँजीको ८.०३९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

त्यसैगरी कालिञ्चोक दर्शनले ५.२६ प्रतिशत लाभांश बाँड्ने भएको छ । जसमा पाँच प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोनजार्थ) रहेको छ । 

उक्त लाभांश कम्पनीहरूको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुने बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्