site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मनाङमा चार महिनामा १६ हजार पर्यटक
फाइल तस्बिर ।

मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । 

मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, ६ हजार ६०१ महिला हुन् ।

इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्