site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मौद्रिक नीतिको समीक्षा :  नीतिगत दर र स्थायी तरलता सुविधा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ । यसअघि यो ४.५० प्रतिशत थियो । 

त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ । 

तर, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई भने यथावत् अर्थात् २.७५ प्रतिशत नै राखेको छ । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्