site stats
बाह्रखरी :: Baahrakhari
कला
साइमनको अभिनयको तारिफ भइरहँदा ‘पाहुना’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘हर्ष’को नयाँ गीत ‘पाहुना’ सार्वजनिक भएको छ । निर्देशक शिव रेग्मीको शब्दरचना र समीररहिमालको कम्पोज रहेको गीतमा वसन्त सापकोटाले पुनः संगीत गरेका छन् । गीतमा गरिमा अधिकारीको स्वर छ ।

गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकार मध्येका एक  साइमन वादीलाई फिचर्ड गरिएको छ । भिडियोमा खगेन्द्र लामिछाने, वर्षा राउतलगायत कलाकारलाई पनि देख्न सकिन्छ ।

बाल कलाकार साइमनको अभिनयको तारिफ भइरहेका बेला अधिकांश समय उनले ‘अकुपाई’ गरेको भिडियो सार्वजनिक गरिएको हो । 


चलचित्र ‘हर्ष’लाई एकता पौडेलले निर्देशन गरेकी छन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । 

‘हर्ष’मा खगेन्द्र, वर्षा र साइमनसँगै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायतको अभिनय छ । 

आलोक शुक्लाको छयांकन रहेको चलचित्रको कथा पनि निर्देशक एकता स्वयंले लेखेकी छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्