काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.२८ अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.१६ प्रतिशतले घटेर २६४५.२४ बिन्दुमा बन्द भएको हो ।
आज कारोबार रकम दुई अर्ब ३६ करोड रुपैयाँले घट्दा चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आइतबार सात अर्ब आठ करोड ५४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १२४ कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।
लगातार सागर डिस्टिलरीको सेयरमूल्य १० प्रतिशतले बढिरहेको छ । यो कम्पनीको सेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि नै लगातार बढेको हो । त्यसैगरी स्वस्तिक लघुवित्तको सेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको २७ करोड १० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा विकास बैंक, फाइनान्स, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूह छन् ।