site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल तस्बिर ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भक्तपुरको नलिनचोकमा हेलिप्याड निर्माण गर्दा भएको अनियमिततामा अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । 

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, मुद्दा रुजु भइरहेको छ । रुजु गर्दा सबै प्रक्रिया पुगेमा आजै दर्ता हुनेछ । नलिनचोक हेलिप्याड निर्माणमा बढी लागत देखाएर अनियमितिता गरेको अख्तियारको दाबी छ । 

अधिकारी पोखरा विमानस्थल निर्माणको अनियमितितामा पनि छानबिनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक भए पनि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले सरुवा समेत गर्न नसक्दा अधिकारी चर्चामा रहँदै आएका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्