काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार चुनाव गर्ने कुरामा आश्वस्त हुन नसकेको बताएका छन् । बुधबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“चुनाव भन्ने भन्दा पनि गर्ने कुरा हो । चुनावका लागि तयारी गर्नुपर्छ । अनुकूल वातावरण निर्माण गर्नुपर्छ, त्यसकारण सरकारको ध्यान जानुपर्यो नि,” उनले भने, “दलहरूलाई नियन्त्रण गरेर बहुदलीय प्रणाली अनुसारको चुनाव संगतपूर्ण भएन ।”
अहिले सरकारको गतिविधिले चुनाव गराउने अनुकूल वातावरण निर्माण गर्ने विषयमा ध्यान जानुपर्ने उल्लेख गरे । दलीय व्यवस्थामा राजनीतिक दल र नेतालाई निषेध गरेर चुनावको वातावरण तयार नहुने उनको भनाइ छ ।
निर्भयताका साथ हरेक मतदाताले आफ्नो आस्थाको दल र उमेदवार चुन्न पाउनुपर्ने पनि उनले बताए । जेनजीको माग मुद्दा त झन् अग्र भागमा रहेर सम्बोधन गर्नुपर्ने उल्लेख गरे । उनले भने, “हामी सबैको माग मुद्दालाई समेटेर घोषणा पत्र ल्याउने छौँ ।”