काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नलिञ्चोक हेलिप्याट निर्माणमा व्यापक अनियमितता र बदनियतपूर्ण रूपमा कानुन उल्लंघन भएको ठहर गर्दै बुधबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले दायर गरेको आरोपपत्र अनुसार हेलिप्याड निर्माणमा अनिवार्य गरिनुपर्ने सम्भाव्यता अध्ययन नै नगरेको, सरकारी स्वीकृति नलिएको, खरिद गुरुयोजना नभएको, अनुभवविहीन परामर्शदाता मिलाएर कार्य अघि बढाइएको उल्लेख छ । सो प्रक्रियाबाट १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी भएको आयोगको दाबी छ ।
अख्तियारले अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीसहित नलविक्रम थापा, समृद्धि श्रेष्ठ, विजय थापा लगायतलाई मुद्दा दायर गरेको हो ।
यस्तो छ अख्तियारले दायर गरेको आरोप पत्र