काठमाडौं । मोडलिङबाट रंगीन दुनियामा प्रवेश गरेका बरुण अधिकारी अब ठूलो पर्दाको यात्रा गर्ने तयारीमा छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यु निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’मार्फत बरुणले ठूलो पर्दामा आउन लागेका हुन् ।
एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक कथानक चलचित्रमार्फत दर्शकमाझ आउन लागेका हुन् । चलचित्रको कथा र पात्र मन परेकाले आफू चलचित्र ‘तरङ्ग’मा काम गर्न लागेको उनले बताएका छन् ।
चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंको छ । चलचित्रको निर्मामा सुजन राई र तर्कराज जोशी रहेका छन् । चलचित्रको छायांकन सुरु भइसकेको छ ।
चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, बारत लिम्बू, कृष्ण थापा, सारा राई, उजल राई, उत्तम गुरुङलगायत कलाकारको अभिनय रहनेछ ।