site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजार घट्दा कारोबार रकम पनि घट्यो

काठमाडौं । धितोपत्र दोस्रोबजार मापक नेप्से सामान्य अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार पनि घटेको छ । आइतबार पाँच अर्ब ३३ करोड ४४ रुपैयाँबराबरको सेयर कारोबार भएकामा आज चार अर्ब ६६ करोड ९५ लाख रुपैयाँको कारोबार भयो । 

कुल ३३१ कम्पनीको कारोबार हुँदा ९९ कम्पनीको मूल्य बढ्यो भने १४७ कम्पनीको मूल्य घट्यो । १२ वटा कम्पनीको मूल्य स्थिर छ । 

अपर स्याङ्गे हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकको मूल्य पनि सकारात्मक सर्किट लेभलमै बढ्यो । 

यस दिन सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख ६७ हजारभन्दा बढीको सेयर किनबेच भयो भने दोस्रोमा सागर डिस्टिलरी र तेस्रोमा पियोर इनर्जी रहे । 

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्