site stats
बाह्रखरी :: Baahrakhari
कला
‘धुरन्धर’ले चार दिनमा कति गर्‍यो कलेक्सन ?

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अभिनीत सिनेमा ‘धुरन्धर’ले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ । चार दिनमा यो सिनेमाले भारतमा १३०.८० करोड नेट कलेक्सन गरेको छ । 

शुक्रबारबाट रिलिज भएको यो सिनेमाले पहिलो दिन २८.६० करोड,  शनिबार ३३.१० करोड, आइतबार ४४.८० करोड र सोमबार २४.३० करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् । 

‘धुरन्धर’मा रणवीरले पाकिस्तानमा घुसपैठ गर्ने भारतीय जासुसको भूमिका निर्वाह गरेका छन् ।

‘धुरन्धर’मा रणवीरसँगै अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर माधवनलगायतको अभिनय छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्