काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अभिनीत सिनेमा ‘धुरन्धर’ले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ । यो चलचित्रले पहिलो दिनभन्दा प्रदशर्नको छैटौँ दिन बक्सअफिसमा धेरै कलेक्सन गरेको छ ।
शुक्रबारबाट रिलिज भएको यो सिनेमाले पहिलो दिन २८.६० करोड नेट कलेक्सन गरेको थियो । छैटौँ दिन बुधबार २९.२० करोड रुपैयाँ कलेक्सन गरेको छ ।
शनिबार ३३.१० करोड, आइतबार ४४.८० करोड, सोमबार २४.३० करोड र मंगलबार २८.६० करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको बलिउड ट्रेड एनलाइसिस्ट तरण आदर्शले बताएका छन् । ६ दिनमा यो चलचित्रले भारतमा १८८.६० करोड रुपैयाँ कलेक्सन गरेको छ ।
‘धुरन्धर’मा रणवीरले पाकिस्तानमा घुसपैठ गर्ने भारतीय जासुसको भूमिका निर्वाह गरेका छन् ।
‘धुरन्धर’मा रणवीरसँगै अक्षय खन्ना, सञ्जय दत्त, अर्जुन रामपाल, आर माधवनलगायतको अभिनय छ ।