site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युनाइटेडको माग

काठमाडौं । जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ ।

युनाइटेडको प्रतिनिधि टोलीले आइतबार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटी गभर्नर बर्खास्त गर्न माग गरेको हो । 

गभर्नरसम्बन्धी योग्यता र विज्ञता डा. पौडेलसँग नभएकाले बर्खास्त गर्न माग गरिएको जेनजी युनाइटेडको संयोजक जनक परियारले जानकारी दिए । 

गभर्नर नियुक्तिका लागि डा. पौडेलले पेस गरेको शैक्षिक प्रमाणपत्र, कार्यअनुभव, विषयविज्ञता नै गभर्नर हुन अयोग्य रहेको उनको जिकिर थियो ।

राजनीतिक भागबन्डा आधारमा गभर्नर नियुक्त भएको उनको दाबी छ । 

राजनितिक दलको सदस्य भएको, सानिमा बैंकको संस्थापक सयरधनी भएको, तत्कालीन सरकारले गभर्नर नियुक्ति गर्न गठन गरिएको समितिको सदस्य रहेको र सदस्यबाट राजीनामा दिएर गभर्नर बनेपछि अख्तियारमा उजुरी परेको, सर्वोच्च अदालतमा मुद्दा परेकोलगायत कारण गर्भनर पौडेललाई बर्खास्त गर्नुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्