site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
युनाइटेड इदी मर्दी र इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर र इमर्जिङ नेपालले लाभांश घोषणा गरेका छन् ।

युनाइटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो । 

साथै, इमर्जिङ नेपालले हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतबराबर नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

यी कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीका आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्