अर्थ व्यवसाय
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सत्ता परिवर्तनसँगै अन्तरिम सरकार बनेपछि विभिन्न निकायका प्रमुखहरूको पद रिक्त थियो ।
आयोगको रिक्त उपाध्याक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा आयोगकै पूर्वसदस्य श्रेष्ठलाई सोमबार (मंसिर २९) को मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो ।
साथै, सरकारले आयोगको सदस्यमा सुनीति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ १२:३९
प्रतिक्रिया दिनुहोस्