site stats
बाह्रखरी :: Baahrakhari
विचार
चेकको सुरक्षा किन ? र कसरी गर्ने ?

विनिमेय अधिकार पत्र ऐन २०३४ र नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको ब्यवस्था अनुसार 'चेक' भन्नाले माग्ना साथ भुक्तानी दिनु भनि कुनै बैंक उपर खिचिएको विनिमय पत्रलाई सम्झनु पर्दछ । यसै गरी बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार चेक भन्नाले माग्नासाथ भुक्तानी दिनु भनि कुनै बैंक वा वित्तिय संस्था वा सहकारी बैंक उपर खिचिएको प्रचलित कानुन बमोजिमको विनिमय पत्र सम्झनु पर्छ भनि उल्लेख भएको छ। यसर्थ चलन चल्तिको भाषामा चेक भन्नाले नगदै सरह मान्यता पाएको लिखत भन्ने  बुझिन्छ ।

हालका दिनमा दिनुनपर्ने भुक्तानीहरु समेत माग गरी चेकहरु जारी भएको, हराएको चेकमा रकम भरेर बैंकमा पेश गरेको, जारी भएको चेक रोक्काको लागि बैंकमा निवेदन परेको, खाली चेक दिएकोमा चेक पाउनेले आफुखुसी रकम भरेर रकम माग गरेको, खाता बन्द भएको चेक दिएको आदी जस्ता कुराहरुमा विवाद भई विभिन्न न्याय निरुपण गर्ने निकारहरुमा उजुरुरीहरु पर्ने गरेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि २०८२ ले धारकले यकिन गर्ने सक्ने अवस्था बाहेकका (गलत हस्क्षार, खाता बन्द ,खाता रोक्का, Stop payment ) आदी कारणले फिर्ता हुने अवस्थामा समेत सम्बन्धित खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि भुक्तानीको लागि पर्याप्त रकम नभएको अवस्था एकिन गर्नु पर्दछ र मौज्दात नभएको वा मौज्दात भएपनि भुक्तानीको लागी पर्याप्त नभएको खण्डमा चेक अनादर भएको व्यहोरा प्रमाणित गरिदिनु पर्नेछ भनि उल्लेख भएबाट पनि चेकको सुरक्षा कति महत्वपुर्ण छ भन्ने कुरा हामी थाँहा पाउन सक्दछौं । तपाईको चेकको सुरक्षा गर्ने जिम्मेवारी तपाईको नै हो । तपाईको कुनै असाबधानीले तपाइको चेक मार्फत तपाईको खाताबाट कुनै भुक्तानी भएमा बैंक तथा बित्तिय संस्था जिम्मेवार हुदैन ।

अत: अनाबस्यक मुद्धा मामिला र झंझटबाट बच्न र आफ्नो रकमको सुरक्षा गर्न समेत आफ्नो चेकको सुरक्षा गर्न जरुरी छ ।

कसरी गर्ने त चेकको सुरक्षा ?

•    आफ्नो चेकमा आवश्यकता नपरी हस्तक्षार नगर्ने ।

•    चेकमा पुर्ण विवरण भरिसके पश्चात मात्र हस्ताक्षर गर्ने ।

•    विवरण नभरिएका खाली चेकमा हस्ताक्षर गरी कसैलाई नदिने , खाली चेक विश्वासमा परेर कोही /कसैलाई नदिने।

•    चेकबुक वा चेक हराएमा, चोरी भएमा वा अन्य कुनै कुराबाट नष्ट भएमा आफ्नो बैंक तथा वित्तिय संस्थामा खबर गरी cheque stop गराउने।

•    रकम नभएको चेकमा cheque stop भएता पनि चेक बाउन्स हुनेभएकाले बैंकले तपाँईलाई खबर गर्ने स्पष्ठ ठेगाना र फोन नम्बर  ईमेल ठेगाना अद्याबधिक गराउने।

•    बैंक तथा वित्तिय संस्थाबाट चेकबुक लिँदा तपाँईको निवेदन र चेकबुकमा भएको चेक नम्बरहरु यकिन गरी चेक संख्या गन्ती गरेर मात्र लिने।

•    लामो समयको अन्तरालको चेक जारी नगर्ने।

•    बैक तथा वित्तिय संस्थामा आफुले जारी गरेको चेकमा उल्लेखित रकम खाम्ने रकम भएको यकिन गरेरे मात्र चेक जारी गर्ने।

•    संघ, संस्था, व्यापारीक प्रतिष्ठान लगायतको चेकमा हस्ताक्षर गर्ने जिम्मेवारी पाएको व्यक्तीले सो जिम्मेवारीबाट हटेपछी सो कुरा बोर्ड बैठको निर्णय सहित सम्मबन्धित बैंक तथा बित्तिय संस्थामा लिखित रुपमा जानकरी गराई खाता अद्याबधिक गराउने।

•    खाता बन्द गर्दा बाँकी रहेका चेकका पानाहरु र चेक माग फारम समेत अनिवार्य रुपमा बैंकमा दाखिला गर्ने।

•    लेख पढ गर्न नजान्ने व्यक्तिहरुले चेक जारी गराउँदा आफ्नो विश्वासिलो व्याक्तीलाई लेख्न लगाउने।

•    चेक जारी गर्दा कुनै अंक अक्षर थपघट गर्न नसकिने गरी लेख्ने, कुनै ग्याप नछोड्ने, खाली भागमा धर्सो तान्ने।

•    चेक लेख्दा एउटै भाषाको लिपीमा पक्का मसीले लेख्ने।

•    ठूलो रकमको चेक जारी गर्दा A/C Payee गर्दा बढी सुरक्षित हुन सकिन्छ ।

घिमिरे नेपाल प्रहरीका डीएसपी हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्