काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनले काठमाडौंको रत्नपार्क क्षेत्रमा सवारी आवागमन असहज बनेको छ ।
शान्तिवाटिकास्थित सडकबीचमा प्रदर्शन गरिएकाले सवारीसाधन ‘डाइभर्सन’ गर्नुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले बताए ।
“शान्तिवाटिकामा राप्रपाको प्रदर्शन भइरहेको छ । त्यस क्षेत्रका सवारी आवागमन असहज भएपछि वैकल्पिक सडकमा डाइभर्सन गरेका छौँ,” उनले भने ।
ट्राफिक प्रहरीका अनुसार, बागबजार, जमल, सुन्धारा, रत्नपार्क, सहिदगेट, भृकुटीमण्डप क्षेत्र भएर गुड्ने सवारीसाधन ‘क्यु’मा चलिरहेका छन् ।
राप्रपाको प्रदर्शन जारी रहेकाले वैकल्पिक मार्गबाट आवागमन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।