site stats
बाह्रखरी :: Baahrakhari
लुम्बिनी लायन्स
वाटको ‘यू मिस, आई हिट’ ब्याटिङ शैली, करिअरकै पहिलो शतक बनाउँदाको अनुभव
वाटको ‘यू मिस, आई हिट’ ब्याटिङ शैली, करिअरकै पहिलो शतक बनाउँदाको अनुभव शनिबार कीर्तिपुर रंगशालामा भरिभराउ दर्शकमाझ कर्णाली याक्सले लुम्बिनीलाई हराउँदा वाटको ब्याटिङ मुख्य आकर्षण बन्यो । १५७ रनको प्रतिस्पर्धात्मक लक्ष्यसहित मैदान उत्रिएको कर्णालीले १३औँ ओभरमा जित निकाल्दा वाटले ४१ बलमै विस्फोटक शतक पूरा गरे । उनको ब्याटिङ स्ट्राइक रेट २५९.०९ को थियो । त्रिविमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । १५७ रनको लक्ष्य टी–२० संरचनामा ठूलो होइन । तर, यसलाई कमजोर योगफल पनि पक्कै भन्न मिल्दैन ।